काठमाडौँ । भारतले एकैपटक ४० प्रतिशत निर्यात कर लगाएपछि नेपाली बजारमा प्याज आउन छाडेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा हिजो सोमबारदेखि प्याज आउन छाडेको हो । यससँगै, विकास समितिले वेभसाइटबाट प्याजको मूल्यसूची नै हटाइदिएको छ ।
विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले हिजो सामेबारदेखि नै प्याज भित्रिन छाडेको बताए । उनले कुरा गर्दै भने, ‘हिजो र आए पनि प्याज आएन । हिजो ७८ रुपैयाँमा भएको कारोबार आइतबारको स्टक हो ।
’कालिमाटी बजारमा दैनिक १०० टन हाराहारी प्याज भारतबाट आउने गरेको थियो ।तर, भारतले निर्यातमा कर लगाएपछि भने व्यवसायीले भारतमा महँगो भएको भन्दै आयात नै बन्द गरिदिएका हुन् । यद्यपि, अनौपचारिक माध्यमबाट भने प्याज आइरहेको छ ।
कालिमाटी बजारमा सोमबार प्याजको थोक मूल्य प्रतिकिलो ६१ रुपैयाँ थियो । हिजो एकैपटक १७ रुपैयाँले बढेर प्रतिकिलो ७८ रुपैयाँ पुगेको थियो । यद्यपि, कालिमाटीमा हरियो प्याज भने कारोबार भइरहेको छ । विकास समितिमा आज हरियो प्याजको मूल्य प्रतिकिलो २२० रुपैयाँ कायम छ ।
नेपाल आलु प्याज संघका अध्यक्ष मोहन बानियाँले दुई दिनसम्म प्याज आयात रोकिएको बताए । उनले कुरा गर्दै आइतबार भारतीय बजारमा कारोबार नहुने भएकाले हिजो सोमबार र आज मंगलबार प्याज आयात रोकिएको बताए । यद्यपि, आजदेखि पुनः प्याजका गाडी नेपालतर्फ पास हुने बानियाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ भदौ २०८०, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
प्याजको भाउ महँगियो
आलु, प्याज र स्याउको मूल्य घट्ने
गर्मीमा काँचो प्याज खादा फाइदा नै फाइदा
भारतको ‘प्याज कूटनीति’, प्रतिबन्धबिच पनि हजारौँ टन निर्यात
भारतले प्याज निर्यातमा लगायो अनिश्चितकालीन प्रतिबन्ध