भक्तपुर । अपराधमा मुछिएका कम्तीमा १ सय ५० जना बालबालिका तथा किशोरहरू भक्तपुरको सानोठिमीस्थित युसेफको बालसुधार गृहबाट भागेका छन् । सोमबार दिउँसो उनीहरू सुधार गृहको ढोका फोरेर भागेको सुधार गृहले जनाएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार फरार भएका उनीहरूको खोजीका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । आइतबार उक्त सुधारमा एक बालकको मृत्यु भएपछि उनका आफन्तले गेटमा प्रदर्शन गर्नुका साथै तोडफोड समेत गरेका थिए ।
त्यसबेला भित्र रहेका अधिकांश बन्दीहरूले पनि प्रदर्शनकारीलाई नै साथ दिएर प्रदर्शनमा सामेल भएका थिए । सुधार गृहमा २५६ जना बन्दी रहेकोमा हाल ३२ जना किशोरी र केही बालकहरू मात्रै बाँकी रहेको प्रजिअ रिजालले जानकारी दिए । सोमबार त्यहाँबाट १ सय ५० भन्दा बढी भागेको बताइएको छ ।
फरार रहेकामध्ये केहीलाई भने पक्राउ गरिएको प्रजिअ रिजालले बताए । अहिले त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ भदौ २०८०, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१७ जिल्लामा सीडीओ फेरिए, को कहाँ पुगे ?
भक्तपुरको गठठाघर तनावग्रस्त
इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु
भक्तपुरमा बसले ठक्कर दिएको पैदलयात्रीको मृत्यु
भक्तपुरकाे कोरियामैत्री अस्पतालमा व्लड बैंक स्थापना हुने