काठमाडौँ । केही जिल्लाका सिडिओहरूको सरुवा गरिएको छ । गृह मन्त्रालयले चितवनसहित विभिन्न जिल्लाको सिडिओहरूको सरुवा गरेको हो ।
प्रशासन सिंहदरवार विशेष व्यरोलाई प्राप्त विवरण अनुसार जिल्ला प्रशासन कायालय सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई चितवन प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौड्यालको नुवाकोट सरुवा गरिएको छ ।
यसैगरी नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापालाई सप्तरी, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई कारागार व्यवस्थापन विभाग कालीकास्थान काठमाडौँ सरुवा गरिएको छ भने सोही विभागमा कार्यरत चक्रपाणि पाण्डेलाई जिल्ला प्रशासन कार्यालय धनुषा सरुवा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० साउन २०८०, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहले गर्यो एक सिडिओसहित दुई उपसचिवको सरुवा
सात जिल्लाका सिडिओसहित १३ अधिकारीहरूको सरुवा (सूचीसहित)
गृह मन्त्रालयले गर्यो ६ जिल्लाका सिडिओ परिवर्तन (सूचीसहित)
स्ववियु चुनावको मतगणना नसकिएसम्म सुरक्षा व्यवस्था गर्नू : गृह मन्त्रालय
२०८२ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित (सूचीसहित)
पाथीभरा केवलकार विवादमा गृह मन्त्रालयद्वारा फेरि वार्ता आह्वान