काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा मोबाइल क्लिनिक चलाउन प्रयोग गरेको गाडी ना २ च ५६१६ नम्बरको एम्बुलेन्स थियो, त्यो पनि नियम अनुसार पत्रु बनाउनुपर्ने अवस्थामा पुगेको, तर पत्रु बनाउनुपर्ने एम्बुलेन्सको गैरकानुनी रूपमा रङसमेत बदलेर चलाएको सार्वजनिक भएपछि गाडी परिवर्तन गर्नैपर्ने बाध्यता आएको आएको छ ।
उनले निर्वाचन क्षेत्रमा एम्बुलेन्सलाई ‘मोबाइल क्लिनिक’ मात्र चलाएको होइन अर्को एउटा बसलाई पनि आफ्नै निर्वाचन क्षेत्रमा महिलाका लागि निःशुल्क भन्दै ‘ब्लु बस’ सेवा सुरु गरेका छन्। दुवैको रङ नीलो बनाइएको छ।
उनले दाबी गरेजस्तो ना ५ ख ३१३८ नम्बरको बस पनि समस्यारहित छैन। बसको पनि रङ परिवर्तन र रुटका सम्बन्धमा समस्या देखिएको खबर गोरखापत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २२ साउन २०८०, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको रिट सर्वोच्चका न्यायाधीश ढुंगानाको इजलासमा
रवि लामिछाने भैरहवा कारागारको चार नम्बर ब्लकमा
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई लगियो रुपन्देही
रवि लामिछाने दुई दिन रूपन्देही प्रहरी हिरासतमा रहने
‘राज्यले आफ्नो नागरिकलाई पक्रन राति कै समय किन रोज्छ ?’