काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रास्वपाका सभापति रवि लामिछानेले भोटका लागि सस्तो राजनीति गरेको टिप्पणी गरेका छन् । लामिछानेले आफ्नो चुनावी क्षेत्र चितवनमा महिलाको लागि मात्र निल्शुल्क बस सञ्चालन गरेकोबारे पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्,“स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौ ।” अहिले युवाहरुको ठुलो संख्या रोजगारीका शिलशिलामा विदेशीएको उल्लेख गर्दै नेता पोखरेलले महिलाहरुले परिवारको मुलीको रुपमा भूमिका निर्वाह गरिरहेका बताएका छन् । “यस्तो अवस्थामा आफुलाई नयाँ शक्ति भन्नेहरुले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात संचालन गर्न खोजेको होलान ?”–उनले लेखेका छन् ।
नेपाली समाजमा यतिवेला रुपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता छ । चितवन महिला जागरण र जागृतिको थलो भएको पोखरेलको भनाइ छ ।
उनले लेखेका छन्,’नेता सार्वजनिक यातायात महिलाका लागि मात्र भनेर चितवनवाट दिन खोजिएको सन्देश दुनियाका धेरै मुलुकहरुमा महिलाहरु वन्द समाजमा जकडिएको बेलामा नेपाली समाजमा अपवाद वाहेक महिलाहरु सुरुदेखिनै तुलनात्मक हिसावले स्वतन्त्र थिए । उत्पादनको काममा परिवारका सदस्यहरुसंग मिलेर एकसाथ काम गर्दथे । जबकी अहिले युवाहरुको ठुलो संख्या रोजगारीका शिलशिलामा विदेशीएका वेला ठुलोसंख्यमा महिलाहरु परिवारको मुलीको रुपमा भूमिका निर्वाह गरिरहेका छन् ।
यस्तो अवस्थामा आफुलाई नयाँ शक्ति भन्नेहरुले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात संचालन गर्न खोजेको होलान ? जिज्ञासा उठ्नु स्वभावकि हो ।
नेपाली समाजमा यतिवेला रुपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता छ । चितवन महिला जागरण र जागृतिको थलो हो ।
पंचायतकालमा म विद्यार्थी राजनीतिका शिलशिलामा पहिलो पटक चितवन पुग्दा महिलाहरुले ठुलो संख्यामा साईकिल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाको बीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो वनाउने मौका पाएको थिए । तर आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरुवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौ भन्ने प्रश्न जागृत भएको छ ।
नयाँ र वैकल्पिक शक्ति बनाउछौ भन्नेहरुले गर्न खोजेको काममा रुपान्तरणकारी सोच र योजना देखिनु पर्दछ । हरेक कामवाट भविष्यको सुन्दर दृष्य देखिनु पर्दछ । तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौ । चितवन जस्तो सचेत ठाउवाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गरौ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ साउन २०८०, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावल एमालेबाट आफैं निक्लिएका हुन् : शंकर पोखरेल
पार्टीले जीवनमा समस्या देखियो : शंकर पोखरेल
साझा फ्रेमवर्कले बीआरआई कार्यान्वयनमा सहजता हुन्छ : शंकर पोखरेल
बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
छिमेकी राष्ट्रबाट ऋण लिनु गलत हो ? भन्दै बीआरआई लक्षित शंकर पोखरेलले उठाए प्रश्न
प्रधानमन्त्रीविरुद्ध जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनता विरुद्धको षडयन्त्र : शंकर पोखरेल