माओवादीको पदाधिकारी बैठक भोलिसम्मका लागि स्थगित

सफल खबर संवाददाता

आइतबार, १४ साउन २०८०, १५ : ५६
माओवादीको पदाधिकारी बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आइतबार साँझ बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ ।

बैठक सोमबार बिहान ८ बजे बस्नेगरी स्थगित भएको माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

पदाधिकारी बैठकले साउन १७ गतेबाट सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने बुझिएको छ ।