एजेन्सी । ग्रीसको जंगलमा आगो निभाइरहेको एउटा विमानमा आगलागी भएको छ ।
दुर्घटनामा दुई पाइलटको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारमा जनाइएअनुसार सीएल-२१५ विमान इबियाको जंगलमा लागेको आगो निभाइरहेको थियो । आगो निभाउने क्रममा विमानको पंखा एउटा रुखसँग ठोक्किएको थियो ।
रुखसँग पंखा ठोक्किएपछि विमान भुइँमा झरेको समाचारमा उल्लेख छ । भुइँमा झरेपछि विमानमा आगलागी भएको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १० साउन २०८०, १० : १६
लेखकबाट थप