भरतपुर। चितवनको भरतपुर महानगरपालिका १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुल सिंगापुरमा' इनोभेटिभ स्कुल अवार्ड २०२३,बाट सम्मानित भएको छ ।एक्जिटो एजुकेसन अष्ट्रेलियाको आयोजनामा सिंगापुरमा सम्पन्न एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड कार्यक्रममा ग्रीनल्याण्डले' इनोभेटिभ स्कुल अवार्ड २०२३, प्राप्त गरेको हो। कार्यक्रममा नेपालको शिक्षा क्षेत्रमा योगदान दिएका ३३ स्कुल र स्कुल सञ्चालक सम्मानित भएका थिए ।
सोही कार्यक्रममा ग्रीनल्याण्डले उक्त अवार्ड प्राप्त गरेको हो । स्कुलकी प्राचार्य इन्दिरा पन्त कार्की उक्त अवार्डबाट सम्मानित भईन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार कार्की पनि सहभागी थिए । शिक्षा क्षेत्रमा बिकासमा विद्यालयले पुराएको योगदानको मुल्याङ्कन गर्दै आयोजकले इनोभेटिभ स्कुल अवार्डबाट सम्मान गरेको प्राचार्य कार्कीले जानकारी दिईन् ।
यो अवार्ड समग्रमा चितवनकै विद्यालयहरुको लागि गौरवको बिषय भएको उनको भनाइ छ । शिक्षक, विद्यार्थी, अभिभावक सबैको योगदानका कारण विद्यालयले यो उपलब्धि हासिल गरेको उनले बताईन् । कार्यक्रममा नेपालभरीबाट छनोटमा परेका विभिन्न स्कुल, कलेज तथा तिनका सञ्चालकहरुलाई शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर कदर गर्दै अवार्ड प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ साउन २०८०, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
भरतपुरको छ लेन सडक निर्माणको ८५ प्रतिशत काम सम्पन्न
एनपीपीएफ स्पेनको अध्यक्षमा पुन: विशाल ढुङ्गाना, मेयर रेनु भन्छिन्- यहि वर्ष भरतपुर घुमौँ
भरतपुरमा ठाउँठाउँबाट निस्किए र्याली, नारायणी किनारमा भ्रमण वर्ष उद्घाटन कार्यक्रम सुरु
भरतपुरका विद्यालय बन्द नगरी भ्रमण वर्षको कार्यक्रममा सहभागी हुन महानगरको सर्कुलर
भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटनका लागि प्रचण्डसहित पाँच पूर्वप्रधानमन्त्री चितवन आउँदै