काठमाडौ । त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तान बनेका छन्।
नेपाल भलिबल संघको सोमबार बसेको बैठकले टोलीको कप्तानमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो। श्रेष्ठ राष्ट्रिय टोलीका ११ औँ कप्तान हुन्।
सातौँ प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए राष्ट्रिय भलिबल क्लब लिग अन्तर्गत गण्डकी प्रदेशविरुद्ध खेलका क्रममा दर्शकमाथि हातपात गरेपछि संघले तत्कालीन कप्तान हरिहजुर थापालाई कप्तानबाट पदमुक्त गरेको थियो।
घटनाका बारेमा छानबिन गर्न बनेको ५ सदस्यीय समितिले बुझाएको प्रतिवेदन र त्यसले दिएको सुझावका आधारमा भलिबल संघको कार्यसम्पादन समितिको बैठकले थापालाई कप्तानबाट हटाउने निर्णय गरेको थियो।
संघले गत महिना मात्र सेटर थापालाई राष्ट्रिय टोलीको कप्तानमा नियुक्त गरेको थियो। हरिहजुरको कप्तानीमा नेपालले कीर्गिस्तानमा काभा नेसन्स लिग खेलेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ साउन २०८०, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुटवलमा इन्डो-नेपाल रनिङ्गशिल्ड पुरुष भलिबल प्रतियोगिता शुरू
महिला भलिबल लिगको फाइनलमा कर्णाली र ललितपुर भिड्ने
बौदीकालीले जित्यो अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबलको उपाधि
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने