बुटवल। मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६औं स्थापना दिवसका अवसरमा बुटवलमा मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ्गशिल्ड पुरुष भलिबल च्याम्पियनसिप शुरू भएको छ ।
प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे । प्रधानमन्त्री केपी शर्माले ओलीले उद्घाटन गर्ने बताइए पनि खराब मौसमका कारण उनी आउन नसकेपछि मुख्यमन्त्री आचार्यले प्रतियोगिता उद्घाटन गरेका हुन् ।
प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशभित्र खेल क्षेत्रको समग्र विकास गर्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताए ।
‘प्रदेशभित्र सबै प्रकारको खेल क्षेत्रलाई समुचित रूपमा विकास गर्न, खेलाडीहरूमा उत्साह बढाउन र बढेको उत्साहलाई कायम राख्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्दछ । हामी खेल क्षेत्रको विकास गर्न तयार छौं’, मुख्यमन्त्री आचार्यले भने,‘खेल पूर्वाधार, खेलाडी उत्पादन र नियमित प्रतियोगिता सञ्चालन गरेर खेल क्षेत्रको विकास गर्न सकिन्छ ।
२४ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका विभिन्न आठ वटा समूहले प्रतिस्पर्धा गर्दैछन् । ती समूहमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएएफ क्लब, मणिमुकुन्द भलिबल क्लब, गुजरात स्टेट भलिबल एसोसिएसन (भारत), गलकोट भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र रहनेछन्।
प्रतियोगितामा प्रथम पुरस्कार सात लाख, द्वितीय पुरस्कार तीन लाख पचास हजार, तृतीय पुरस्कार एक लाख पचहत्तर हजार, शान्त्वना पुरस्कार एक लाख रूपैयाँ नगद तथा ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ । उत्कृष्ट खेलाडीलाई पच्चीस हजार तथा विभिन्न विधामा आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ पुस २०८१, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिला भलिबल लिगको फाइनलमा कर्णाली र ललितपुर भिड्ने
बौदीकालीले जित्यो अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबलको उपाधि
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने