नेत्रज्योति संघ चितवनमा जिम्मेवारी बाँडफाँड

सफल खबर संवाददाता

मंगलबार, २२ साउन २०७५, १७ : २६

चितवन । नेपाल नेत्रज्योति संघ चितवन शाखाको २० औ अधिबेशनबाट निर्वाचित कार्यसमिति सदस्यहरुको जिम्मेवारी वाँडफाड गरीएको छ । शाखाको मंगलबार बसेको दोस्रो बैठकले समितिको उपसभापतिमा जयराम श्रेष्ठ, सचिबमा डा. उन्नत श्रेष्ठ, कोषाध्यक्षमा तेजेन्द्र बहादुर खड्का, सह सचिबमा केशब अधिकारी र सह कोषाध्यक्षमा सिद्धार्थलाल चुकेलाई जिम्मेवारी दिएको छ । 
समितिले सल्लाहकारमा के एल भूषण, महेन्द्रलाल प्रधान, बिनोद कुमार श्रेष्ठ, प्रेम कुमार श्रेष्ठ र प्रभात कुमार जोशिलाई मनोनयन गरेको समितिका सभापति कृष्णराज धरेलले बताउनु भयो । असार ३१ गते सम्पन्न अधिबेशनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस