सिंहदरवारमा करिब एक घण्टा बिजुली काटिएपछि...

सफल खबर संवाददाता

मंगलबार, २२ साउन २०७५, १७ : ०७
सिंहदरवारमा  करिब एक घण्टा बिजुली काटिएपछि...

काठमाडौँ । विद्युतको पोलमा आगलागी हुँदा मंगलबार सिंहदरबारमा बत्ती करिव एक घण्टा बत्ती गएको छ  । बत्ती गएपछि मन्त्रालयहरूमा काम गरिरहेका धेरै कम्प्युटर, चलिरहेका पंखा र चलाइएको एसीलगायत विद्युतिय उपकरण बन्द भए । दिउँसो १ बजेदेखि १ः४५ सम्म बत्ती जाँदा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको काम प्रभावित भयो । उच्च स्तरका अधरीकारी रहने सिंहदरबारभित्र किन बत्ती गयो भन्नेबारे १ घण्टासम्म धेरैलाई जानकारी नै भएन ।

दुई महिनाअघि पनि यस्तै समस्या सोही स्थानमा भएको थियो । सिंहदरबारभित्र आपसी सम्वन्वय र गर्नुपर्ने काम नगरेको कारण उही समस्या दुई महिनापछि दोहोरिएको हो । रूखमा तार रगडिएका कारण आगलागी भएको हो, कहिलेकाहीँ ११ हजार भोल्ट पुग्दैन, इन्सुलेटर तार रूखमा घोटिँदा आगलागी भएको हो, नेपाल विद्युत प्राधिकरणका प्राविधिक इन्जिनियर किरण बन्जाडेले भने । उनले सिंहदरबारभित्र लामो समय बत्ती काट्न नहुने भएका कारण अहिले सामान्य मर्मत गरिए पनि पुनः सोही समस्या देखिन सक्ने बताए । पोलमा पर्ने रूख काट्नुपर्ने भए तापनि प्राधिकरणको टोलीले रूखका केही हाँगा काटेर हिँड्यो ।

विद्युत प्राधिकरणले पोलमा ठोक्किने हाँगा काट्नका लागि दुई महिनाअघि पनि आग्रह गरेको थियो । त्यही समयमा वन मन्त्रालयलाई रूख काट्ने व्यवस्था मिलाउने भनियो । तर वन मन्त्रालयले आफूले रूख नकाटेर सिंहदरबार सचिवालय पुनर्निर्माण समितिलाई पत्र लेखेर काम गर्न निर्देशन दिएको जनाएको छ । समितिले भने त्यो आफ्नो काम नभएको र कुनै निर्देशन नआएको दाबी गरिरहेको छ । हामीलाई रूख काट्ने सवालमा निर्देशन आएको छैन र समिति मातहतको काम पनि होइनु, समितिकी सूचना अधिकारी विनिता पौडेलले भनिन ।

 

प्रतिक्रिया दिनुहोस