काठमाडौँ । कक्षा १० को नतिजा प्रकाशनका विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ।
२०७९ सालको एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न आज दिउँसो बोर्डको बैठक बोलाइएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। बोर्डको बैठकपछि सम्भवतः आज नै नतिजा सार्वजनिक गरिनेछ।
यो वर्ष पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिनेछ । बोर्डले गत वर्ष अनुसार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो।
बोर्डले २०७८ सालमा ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो । उक्त निर्देशिका जारी भएको केही महिनापछि पहिलो पटक संशोधन गर्दै सैद्धान्तिकतर्फ ३५ भन्दा कम अङ्क ल्याउने विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था गरेको थियो ।
त्यो विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने व्यवस्था उक्त निर्देशिकामा छ । तर, बोर्डले अघिल्लो वर्ष र यो वर्ष पुरानै अक्षरांकन (ग्रेडिङ) विधिमार्फत नतिजा प्रकाशन गर्न लागेको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट चार ८५ लाख ३९६ विद्यार्थी सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असार २०८०, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईईमा अमर्यादित काम गर्ने केन्द्राध्यक्षसहित सबै निरीक्षक हटाइयो
मकवानपुरमा ६ कैदीबन्दी एसईई परीक्षामा सहभागी
एसईई आजदेखि शुरु
केन्द्रीय कारागाबाट यो वर्ष १९ जनाले एसईई दिँदै
एसइई परीक्षाको तयारी पूरा, पाँच लाख आठ हजार विद्यार्थी सहभागी हुँदै
यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि, यस्तो छ समयतालिका