पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भोलि (शुक्रबार) पोखरा आउने भएको छन् । गण्डकी प्रदेश सरकारको आयोजनामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेलामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड पोखरा आउने कार्यक्रम तय भएको हो ।
गण्डकी प्रदेश सरकारकी प्रवक्ता तथा ऊर्जा मन्त्री सरस्वती अर्याल तिवारीका अनुसार शुक्रबार र शनिबार हुन लागेको मुख्यमन्त्रीहरूको भेलामा प्रदेशका अधिकार, एकीकृत विकासका बारेमा छलफल हुनेछ । यसअघि जेठ १० मा मुख्यमन्त्रीहरूको भेला तय भएको थियो । तर, प्रधानमन्त्री प्रचण्ड आउन नभ्याएपछि सम्मेलन स्थगित भयो।
शुक्रबार हुने मुख्यमन्त्रीहरूको भेला दोस्रो हो । पहिलोपटक २०७५ साल भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पहलमा भएको थियो । उक्त भेलाले आठ बुँदे घोषणापत्र जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असार २०८०, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौं: प्रधानमन्त्री प्रचण्ड
सत्ता समीकरण फेरिने भएपछि सानेपा पुगेर प्रचण्डले गरे कोइरालाको प्रशंसा
देशमा केही भएको छैन, सबै नेता खत्तम भन्ने भाष्य प्रतिगमनकारी : प्रधानमन्त्री प्रचण्ड
३ करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौं : प्रधानमन्त्री प्रचण्ड
विकसित देशहरूले प्रतिबद्धता पालना गरेनन्, थप समस्या सिर्जना गरे : प्रधानमन्त्री प्रचण्ड