सरसफार्इ र शुद्ध खानेपानीका लागि मन्त्री बीना मगरको सक्रियता (फोटोफिचर)

सफल खबर संवाददाता

शनिबार, १९ साउन २०७५, १६ : ४०
सरसफार्इ र शुद्ध खानेपानीका लागि मन्त्री बीना मगरको सक्रियता (फोटोफिचर)

काठमाडौं  । खानेपानी मन्त्री बीना मगर बाग्मती सफाई महाअभियानको २ सय ७४ औं हप्ताको कार्यक्रममा सहभागी हुनु भएको छ । शनिबार बिहानै पशुपति क्षेत्र अन्तर्गतको बाग्मतीको सफाई महाअभियानले आयोजना गरेको कार्यक्रममा सहभागी हुनु भएको हो ।

बाग्मती सरसफाई अभियान अन्तर्गतका आयोजना गरिएको साप्ताहिक सरसफाई कार्यक्रममा प्रमुख अतिथीका रुपमा सहभागी मन्त्री मगरले सहभागीहरुसँगै सरसफाई गर्नुभएको थियो ।
उक्त अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी, बिभिन्न कलेज तथा विद्यालयका विद्यार्थी, नेपाल प्रहरी, सामाजिक क्षेत्रका बिभिन्न व्यक्ति, सर्वसाधारण तथा सरसफाई अभियानमा निरन्तर क्रियाशील व्यक्तित्वलगायत ५ सय बढीको सहभागिता रहेको थियो ।

तीन वर्षअघि २०७० जेठ ५ गते नागरिक अभियान्ताको पहलमा साप्ताहिक रूपमा बाग्मतीको सफाइ सुरु भएको थियो । बाग्मती सफाइ अभियानका शुभारम्भकर्ता एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले गरेका थिए ।
अभियानले बाग्मती नदीका बिभिन्न क्षेत्रमा नियमित सरसफाई र जनचेतनामूलक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस