मिटर व्याजका नाइके विरेन्द्रलाल श्रेष्ठले भाटभटेनीमा बन्धक बनाएर यसरी लुटे (विवरणसहित)

सफल खबर संवाददाता

शुक्रबार, १८ साउन २०७५, १९ : १९
मिटर व्याजका नाइके विरेन्द्रलाल श्रेष्ठले भाटभटेनीमा बन्धक बनाएर यसरी लुटे (विवरणसहित)


काठमाण्डौ । राजधानीको केन्द्र दरवारमार्गबाट अघिल्लो साता एक युवक अपहरणमा परे । उनलाई त्यहांबाट सिधै वौद्ध चुच्चेपाटीको भाटभटेनी डिपार्टमेण्ट स्टोरमा लगियो । भाटभटेनीको पांचौ तलामा लगेर कोठा भित्र थुनिएपछि ति युवकको सातो लिइन्छ । अनि आफुलाई बन्धक बनाउने व्यक्तिले भने अनुसार कागज गराइन्छ । करिव ६ घण्टा बन्धक बनेर वाहिर निस्केका ति युवक प्रहरीको सम्पर्कमा पुग्छन र आफुमाथी आई लागेको विपत्तिका बारे टेलिफोनबाट मौखिक जानकारी गराउछन । राती अवेर भएको हुदा प्रहरी विहानै उजुरी लिएर आउन  भन्छ ।

विहान नहुदै उजुरीकर्ता ती युवक प्रहरीको सम्पर्कमा जांदैनन । प्रहरी रनभुलमा पर्छ । राजधानीको ललितपुरमा बसोबार गर्ने उपेन्द्र (नाम परिवर्तन) को जिवनमा अघिल्लो विहिबारको सांजm यसै गरि बित्यो । घटना भएको एक सातापछि सम्पर्कमा आएका ति युवकले नाम उल्लेख नगर्ने शर्तमा घटना बारे यसरी बेली बिस्तारले  जानकारी गराए । मेरो नाम उपेन्द्र हो । म ३७ वर्षको भए । मेरो घर ललितपुर जिल्लामा पर्दछ । म सामान्य व्यापार व्यवसाय  गर्दछु । व्यापार गर्ने सिलसिलामा मलाई दुई वर्ष अघि साह्रै आर्थिक संकट आई पर्यो । साथीको सहयोगमा एक जना मिटरब्याजीकोमा पुगे । उनिबाट २० लाख रुपैंया  सापटी लिए । यो २ वर्षमा मैले जायजेथा बेचेर ५५ लाखसम्म ब्याज तिरिसके । हरेक महिना ब्याज तिर्न जांदा एउटा डबल ब्यालेक लेवल समेत सित्तैमा पनि दिए । तर दुई वर्षको अवधिमा २० लाखको ५५ लाख नगद अनि  २४ वटा डबल ब्यालेक लेवल हुस्कि  पनि उनलाई धित मरेन । अनि उनले मलाई एउटा काम छ भनि दरबारमार्गमा भेट्न बोलाए । मैले बिना संकोच भेटे । भेटेपछि उनले आफ्नो गाडिमा हालेर सिधै वौद्ध चुच्चेपाटीको भाटभटेनी सुपर मार्केटको पांचौ तल्लामा पुर्र्याए । अनि त्यहां करिव ५ घंण्टा कोठामा बन्धक बनाएर एउटा कागजमा ल्याप्चे लाउन उर्दि जारी गरे । मैले ल्याप्चे लाउन नमानेपछि मलाई लठ्ठीले हिर्काउने काम भयो ।  एउटा वकिलले लेखेको कागजमा ल्याप्चे नगर्दा मेरो ज्यानै जाने जाने डरले कुटपिट सहेर नेपाली कागजमा ल्याप्चे लगाउदै म रुदै वाहिर निस्के । मैले जानेसम्म नेपाली कागजमा लेखिएको थियो मैले अमेरिका पठाउन २० लाख रुपैंया लिएको र एक महिना भित्र उडाउन नसके ब्याजसहित फिर्ता गर्ने छु नसके कानुनी कार्वाही भोग्ने छु । वाहीर निस्किदा रातीको  ९ बजिसकेको थियो । वाहीर आएर एक जना पत्रकार दाईको सहयोग लिए । ती पत्रकार दाईले प्रहरीकोमा सम्पर्क गरिदिएपछि राती अबेर भएकाले आर्को दिन विहानै प्रहरीमा उजुरी गर्ने सहमती भयो ।

प्रहरीमा मौखिक  उजुरी गरेको सुचना ती  व्यक्तिलाई पुगि  सकेको रहेछ । मलाई त्यो राती घटना अन्यथा नमोड्न र अघि बनाएको कागज भोली विहानै च्यात्ने शर्तमा सके राती नै होईन भने विहानै भट्ने प्रसताव  तारन्तार आफ्ना सहयोगीहरु मार्फत पुर्याइ रहे अन्त आर्को विहान मैले हार खाए । मैले उनलाई भेटे र प्रहरीमा उजुरी गरे अवस्था अर्कै हुन सक्छ,  अघिल्लो राती  बनाएको कागजउनले मेरै अगाडि च्याते । उनले भने हिजो जे भयो सरी  भाई अब तिमिले पैसा पनि तिर्नु पर्दैन । मैले कागज च्याते । प्रहरीमा उजुरी नगर है । म उसैको अगाडि दोहरिएको घटनाले  अघिल्लो राती भएको घटना बिर्सिन बाध्य भए । र पनि अरु कसैले पनि यस्तो अवस्था भोग्नु नपरोस भनेर ढिलै भएपनि मिडिया मार्फत यो कुरा जानकारी गराउन लागेको छु ।

उपेन्द्को आग्रहमा हामीले उनको नाम  गोप्य राखेका छौ आवश्यक परे सार्वजनिक गर्ने गरि । उनलाई अपहरण र किलो मिटर ब्याजमा पैसा लगानी गर्ने व्यक्ति हुन उग्रचण्डी २ काभ्रे घर भई काठमाण्डौमा बसोबास गर्ने विरेन्द्रलाल श्रेष्ठ । लामो समयदेखि बिभिन्न व्यक्तिहरुलाई मिटर र किलो मिटर ब्याजमा लगानी गर्दै आएका श्रेष्ठले रकम लगानी गर्ने र असुल्ने काईदा भने फरक किसिमको छ । प्रहरीका हाकिमहरुको नाम बेचेर उनले मिटर ब्याजबाटै करोडौ रकम समेत जम्मा गरेका छन । रकम लगानी गर्ने बेला मै उनले भन्ने गरेका छन यो फलाना एसपी, एसएसपीको रकम हो समय मै आएन भने सिधै प्रहरी खोरको बास हुन्छ । उनले नेपाल प्रहरीमा चल्तिका धेरै जसो प्रहरीको नाम पनि बेचेका छन । केहि वहाल तथा भुतपुर्व प्रहरी अधिकृतको लगानी समेत उनि मार्फत गरेका छन तर लगानी नगरेका प्रहरी अधिकृतहरुको पनि उनले नाम लिएर ऋणीलाई तर्साउने गरेका छन ।  प्रतिक्रियामा विरेन्द्रलाल श्रेष्ठले आफुले कसैलाई रकम लगानी नगरेको तथा कसैलाई बन्धक पनि नबनाएको प्रतिक्रिया दिएका छन ।

तर महानगरिय अपराध महाशाखा टेकुले भने विरेन्द्रलाल श्रेष्ठ चर्को ब्याजमा लगानी गर्ने व्यक्ति भएको दाबी गरेको छ । कहिले हतियार देखाएर त कहिले बन्धक बनाएर चर्को ब्याजमा लगानी गरेको रकम असुल गर्दै आई रहेको भएपनि उजुरीकर्ता नआउदा उनिमाथि  कार्वाही गर्न समस्या भएको महानगरिय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिहले जानकारी दिए । उनले त्यस्तै सुचनाका आधारमा विरेन्द्रलाल श्रेष्ठको लाईसेन्सवाल हतियार महाशाखाले खोसेको तथा उजुरीकर्ता आए उनिमाथि थप कार्वाहीकालागी तयार रहेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस