मन्त्रीलाई प्रश्न सोध्न समय नपाएको सम्बन्धमा काँग्रेसमा छलफल

सफल खबर संवाददाता

शुक्रबार, १८ साउन २०७५, १६ : २६
मन्त्रीलाई प्रश्न सोध्न समय नपाएको सम्बन्धमा काँग्रेसमा छलफल

काठमाडौँ  । प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेको छ ।
शुक्रबार बसेको नेपाली काग्रेस संसदीय दलको बैठकले सबै दलको साझा बन्न नसकेको निष्कर्ष निकाल्दै सभामुख महराको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेको हो । मन्त्रीहरुले बोलेपछि प्रश्नोत्तर गर्न पाईने व्यवस्था ह“दाहु“दै सभामुख महराले बिहिबारको प्रतिनिधि सभा बैठकमा आफूहरुलाई बोल्न नदिएको काग्रेसको आरोप छ । यस सम्बन्धमा सभामुख महरालाई भेटेरै ध्यानाकर्षण गराउने निर्णय गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।
 बिहिबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रामबहादुर थापाले बोलेपछि काग्रेस सांसदहरुले मन्त्रीसंग प्रश्न गर्न माग गरेका थिए  । तर सभामुख महराले मन्त्रीसंग प्रश्नोत्तर गर्ने छुट्टै व्यवस्था रहेको भन्दै बैठकलाई अघि बढाएपछि काग्रेसले सो बैठक बहिष्कार गरेको थियो । प्रमुख सचेतक खाडले संघीय संसद नियमावलीको धारा २ सय १९ बमोजिम मन्त्रीसग प्रश्न गर्ने व्यवस्था भएपनि सभामुखले नदिएको आरोप लगाउनु भयो ।

बैठकमा काग्रेसले विभिन्न विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव र संकल्प प्रस्तावका विषयमा छलफल गरेको जनाएको छ । कांग्रेस संसदीय दलको बैठकले मौलिक हकसम्बन्धि कानुन निर्माणका लागि आवश्यक विधेयक तत्काल ल्याउन सरकारसंग माग गरेको छ । जनताको पक्षमा ऐन बनाउने गरी संविधान बमोजिमको मौलिक हक सम्बन्धि कानुन निर्माणका लागि आवश्यक विधेयक तत्काल संसदमा ल्याउन सरकारसंग माग गरिएको प्रमुख सचेतक खाडले जानकारी दिनुभयो ।
संविधान बमोजिम आगामी असोज ३ गते भित्र मौलिक हकसम्बन्धि सबै कानुन निर्माण गरि सक्नुपर्ने संवैधानिक व्यवस्था छ । कांग्रेसले पार्टीको संसदीय दललाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गर्न भोली शनिबार संसदीय दलको बैठक बोलाएको छ ।

 

प्रतिक्रिया दिनुहोस