कानुनमन्त्रीमा भानुभक्त ढकाल नियुक्त, आजै सपथ

सफल खबर संवाददाता

शुक्रबार, १८ साउन २०७५, १४ : ५०
कानुनमन्त्रीमा भानुभक्त ढकाल नियुक्त, आजै सपथ

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल नियुक्त भएका छन् ।  शुक्रबार अपरान्ह प्रधानमन्त्री ओलीले ढकाललाई कानुनमन्त्रीमा नियुक्त गरेका हुन् ।

मोरङ ३ बाट प्रतक्ष निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद ढकाललाई आजै पद तथा गोपनियताको सपथ गराइने भएको छ ।

बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरुबारे अमर्यादित टिप्पणी गरेपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका थिए । साउन ८ गते शेरबहादुर तामाङले राजीनामा दिएपछि कानुन मन्त्रालय पनि प्रधानमन्त्री ओलीले नै सम्हाल्दै आएका थिए ।

यस्तै राज्यमन्त्री पद्मा अर्यालको मन्त्रीमा बढुवा भएको छ । उनलाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस