संसदीय सुनुवाई समितिमा मतदान हुने, जोशी प्रधानन्यायाधीश नबन्ने पक्का

सफल खबर संवाददाता

शुक्रबार, १८ साउन २०७५, १३ : ५९
संसदीय सुनुवाई समितिमा मतदान हुने,  जोशी प्रधानन्यायाधीश नबन्ने पक्का

काठमाडौँ । प्रधानन्यायाधीशमा सिफारिश दीपकराज जोशीबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिमा मतदान  हुने भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने कि नगर्ने भन्ने विषयमा भइरहेको समितिको वैठक बिहान ११ बजेबाट बसिरहेको थियो ।

प्रधानन्यायाधीशमा जोशीलाई अनुमोदन गर्नेरनगर्ने विषयमा हुन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसदले मतदान गर्ने प्रस्ताव गरेका थिए ।  त्यसपछि प्रतिपक्षी नेपाली कांग्रेसले १० मिनेट समय मागेको थियो । जेष्ठ सदस्यका हैसियतले सभापतित्व गरिरहेका लक्ष्मणलाल कर्णले १५ मिनेट समय दिएको समिति सदस्य सुमनराज प्याकुरेलले जानकारी दिए । तर प्याकुरेलले खाजाका लागि १५ मिनेट स्थगित गरिएको बताए ।

अहिले दुबै दलका सांसदले छुट्टाछुट्टै छलफल गरिरहेका छन् । कांग्रेसले मतदानमा भाग लिने वा बहिष्कार गर्नेबारे निर्णय गरेको छैन । कांग्रेसले बहिष्कार नगरे जोशीबारे मतदान हुने प्याकुरेलले जानकारी दिए ।

त्यसपछि बहुमत अल्पमतका आधारमा निर्णय लिइनेछ । १५ सदस्यीय समितिमा नेकपाका ९, कांग्रेसका चार, फोरम र राजपाका १-१ सदस्य छन् । सत्तारुढ दलहरु जोशीलाई प्रधान्यायाधीश नबनाउने पक्षमा छन् । दुई तिहाईले अस्वीकृत भए जोशी प्रधान्यायाधीश बन्न रोकिनेछन् ।

प्रतिक्रिया दिनुहोस