सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य तथा प्रदेश मामिला समिति सभापति कल्याणी खड्का सवार गाडी दुर्घटनामा परेको छ । सभापति खड्का चढेको कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको सरकारी गाडी दुर्घटना भएको हो ।
रुकुम पश्चिमको चौरजहारी बजारबाट कोटजहारीतर्फ जाँदै गरेको वडा नम्बर–३ को माओवादी पार्टी कार्यालयनजिकै दुर्घटना भएको प्रहरी जनाएको छ । दुर्घटनामा परी समितिका सभापति खड्कासहित ७ जना घाइते भएका छन् ।
गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ४ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ असार २०८०, १९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली तीर्थ यात्री सवार गाडी अयोध्यामा दुर्घटना, ३ जनाको मृत्यु
अर्घाखाँचीमा जन्ती बोकेको गाडी दुर्घटना, ९ जना घाइते
कुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना, ३ जनाको मृत्यु
महाकुम्भ मेलामा स्नान गर्न गइरहेका भक्तजन सवार गाडी दुर्घटना, १० जनाको मृत्यु, १९ जना घाइते
रौतहटमा स्कारपियो दुर्घटना, ८ जनाको मृत्यु
जाजरकोटमा गाडी दुर्घटना हुँदा २० जना घाइते