काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिपक्ष दल सरकार परिवर्तन गर्ने चलखेलमा लागेको आरोप लगाएका छ्न ।
वर्तमान सरकारलाई हटाएर नयाँ ससरकार बनाउन एमाले आक्रामक तवरले लागेको उनको टिप्पणी थियो । सो पार्टीको सम्पर्क विभागले यहाँ आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, “समाजवादी र कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाउनुपर्नेमा सरकार परिवर्तन गर्ने चलखेल गरिरहेका छन्, ठूलो पार्टीले समाजवादी शक्तिलाई एकताबद्ध बनाउन चाहेन, उसले अहिले पनि दललाई प्रभावित पार्न खोजेको छ ।”
अध्यक्ष नेपालले समाजवादी शक्तिलाई एकताबद्ध बनाउने पहल आफूहरूले गर्दा एमालेलाई छटपटी भइरहेको दाबी गरे । उनले भने, “एउटा कम्युनिष्ट पार्टीका नेताले समाजवादी शक्ति बनाउँदा छटपटी भइरहेको छ ।” उनले समाजवादी मोर्चाको नेतृत्व आफूले गरेको र आफ्नो पार्टीको अस्तित्व तथा शक्तिलाई सबैले स्वीकार गरेको दाबी गर्दै एकीकृत समाजवादीले नै अबको नेतृत्व गर्ने भन्दै प्रतिगमनको दिशामा गएको राजनीतिको कोर्ष आफूले नै बदलेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असार २०८०, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषध दुर्व्यसनविरुद्ध युवा जाग्नुपर्छ : अध्यक्ष नेपाल
कैलाश सिरोहिया पक्राउको कुरा सुनेर अचम्मित भएको छु : माधव नेपाल
महिलाका संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्ने : अध्यक्ष नेपाल
गठबन्धनमा समस्या छैन : अध्यक्ष नेपाल