काठमाडौं । सांसद निरु पाललाई पेस्तोल देखाएर धम्की दिएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका क्रममा प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट ६५ जना भन्दा बढीलाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएका उनीहरुलाई महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताएका छन् ।
एसएसपी पोखरेलकै नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सबै प्रकृतिका व्यक्तिहरु रहेको एसएसपी पोखरेलले बताएका छन् । घटनामा संलग्नको खोजीका लागि प्रहरीले काठमाडौंमा रहेका ८० जना सादा पोशाकका प्रहरी परिचालन गरेको छ ।
साउन १५ गते बेलुका ८ बजे नेपाल कम्युनिस्ट पार्टीकी सांसद निरु पाललाई काठमाडौंको बानेश्वरमा नचिनेका मानिसहरुले सांघातिक आक्रमण र पेस्तोल ताकेर धम्की दिएको घटना सार्वजनिक भएको थियो ।
सांसद पालले बुधबार संसदीय सुनुवाइ समिति र बिहीबार संसदमा यस विषयमा जानकारी नै गराएकी छन् । काठमाडौंमा सांसदमाथि नै आक्रमण भएको घटना बाहिर आएपछि प्रहरी सक्रियताका साथ अनुसन्धानमा लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ साउन २०७५, १९ : ३९
लेखकबाट थप