ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६, मेहेलेमा आज पहिरोले एक घर पुरिएको छ । पहिरोले मेहेलेको खुवास्थित तार्छदिप लिङदेनको घर पुरिएको हो ।उक्त घरमा लिङदेन एक्लै बस्दै आएका थिए । पहिरो गएको बेला उनी घरबाहिर रहेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय राजकुमार कँडेलले जानकारी दिए ।
यस्तै, मेहेलेका ७८ वर्षीय वृखबहादुर लिम्बू आज पहिरोमा परी गम्भीर घाइते भएका छन् । बाटोमा हिँड्दै गर्दा माथिबाट आएको पहिरोमा परी उनी घाइते भएका हुन् । स्थानीय स्वास्थ्यचौकीमा उनको उपचार भइरहेको कँडेलले बताए ।
निरन्तरको वर्षासँगै बाढी र पहिरो जाँदा मेहेले, खेवाङ र सुरुम्खीका बासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् । उनीहरू अधिकांश स्थानीय नीलगिरि माध्यमिक विद्यालयमा बस्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ असार २०८०, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ताप्लेजुङमा ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, ८ विद्यार्थी घाइते
ताप्लेजुङमा विद्युत् आयोजना बढ्दै
पर्यटकलाई लोभ्याउँदै ताप्लेजुङको तोक्पेगोला
पाथीभरा आउने तीर्थयात्रीको गणना ‘सिसी क्यामेरा’बाट हुने
बाढीपहिरो प्रभावित क्षेत्रमा राहत पुग्यो
ताप्लेजुङमा बाढीपहिरोले सात लघुजलविद्युत् गृह बगाएपछि अन्धकारमा बस्न बाध्य