काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले भनेका छन्, ‘यतिबेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको छ ।’
त्यस्तै उनले मधेस सरकारलाई एमालेले विश्वासको मत दिएर अस्थिरता रोकेको दावी गर्दै बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न अन्य दलबाट पनि रचनात्मक भूमिकाको अपेक्षा गरेको बताएका छन् ।
‘जसपा नेतृत्वको मधेस प्रदेश सरकारले प्रतिपक्ष दल नेकपा (एमाले) समेतको विश्वासको मत प्राप्त गरेको छ । राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा (एमाले) ले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरता तर्फ जानवाट रोक्न अन्य दलहरुले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ’, पोखरेलको भनाइ छ ।
कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार अलपमतमा परेको छ । कोशीको सरकार जोगाउन एमालेले मधेसमा जसपा नेतृत्वको सरकारलाई विश्वासको मत दिएको चर्चा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ जेठ २०८०, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्ञानेन्द्रको ‘थ्रेट’ सामु राप्रपा निरिह बन्यो: शंकर पोखरेल
समाजवादी मोर्चाले गर्न लागेको जनप्रदर्शन सकारात्मक: शंकर पोखरेल
धार्मिक राज्य र हिन्दु राजाबारे शंकर पोखरेल– 'भारतमा जस्तै नेपालमा पनि संविधानले दिँदैन'
फ्यालिएको राजतन्त्रका नाममा समय खेर नफालौँ : महासचिव पोखरेल
अमेरिका र युक्रेनबीच भएको प्रत्यक्ष वार्ताले महत्वपूर्ण पाठ सिकाएको छ : पोखरेल
देशको विकास र समृद्धिका लागि नेतृत्वप्रतिको भरोसा आवश्यक : शंकर पोखरेल