काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्ण स्वास्थ्य परीक्षण गरिएको छ । प्रधानमन्त्री दाहालको सोमबार दिउँसो पूर्ण स्वास्थ्य परीक्षण गरिएको नर्भिक अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री दाहाल सोमबार दिउँसो ३ः४० बजे थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए । करिब डेढघण्टा समय लगाएर उनको सम्पूर्ण स्वास्थ्य जाँच गरिएको नर्भिक अस्पतालले जनाएको छ । अस्पतालका अनुसार परीक्षणका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले जानकारी दिए ।
यसैबीच प्रधानमन्त्री पत्नी सीता दाहालको पनि नर्भिकमा फलोअप चेकजाँच भएको छ । उनलाई चेकजाँच पछि सोमबार नै निवास लगिएको थियो । सीता दाहालको स्वास्थ्य अवस्था जटिल रहेको छ । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० जेठ २०८०, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड