काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंक स्वायत्त निकाय भएकाले मौद्रिक नीतिका व्यवस्थामा सरकारले हस्तक्षेप गर्न नमिल्ने बताएका छन्।
मंगलबार नाडा अटो डाईलग २०८१ लाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले लोन टु भ्यालु रेसियोमा ६० वा ८० को व्यवस्था राष्ट्र बैंकसँग छलफलगरी समाधान गर्न नाडालाई आग्रह गरे।
हालको व्यवस्था, संसोधन तथा थप गर्ने विषय र त्यसको परिणाम स्पष्ट हुनेगरी सुझाव दिन पनि पौडेलले आग्रह गरेका छन्।
पछिल्लो समयमा ६ लेन र ४ लेनका सडक पूर्वाधार निर्माण गरिरहेको बताउँदै उनले व्यवसायीले कस्ता पूर्वधारलाई प्रथामिकता दिने भन्नेमासमेत सुझाव दिनुपर्ने बताए।
कार्यक्रममा श्रममन्त्री सरदसिंह भण्डारीले गाडीमा भन्सार कर बढाएर मात्रै नभएर अटो मोविलिटीको समग्र क्षेत्र हेरी नीतितय गर्नु पर्नेमा जोड दिए।
नाडा अटोमोबाईल एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सरकारले पूर्वधारमा विगतको तुलनामा बढी जोड दिएपनि नेपालका लागि अझै अपुग रहेको बताए।
नेपालमा एसोसेरिजबाट शुरु भएर चारपांग्रे गाडीका उद्योग स्थापना भएका छन्।
उनले नेपाल सरकारले वैदेशिक मुद्रा सञ्चितिमा चाँप हुँदा गाडी आयातमा कडाई गरेको स्मरण गर्दै अहिले सहज अवस्था हुँदा पनि गाडी आयातलाई खुकुलो बनाउन नसकिएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ चैत्र २०८१, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने आधार बनाऔँः अर्थमन्त्री पौडेल
आरोप पुष्टि गर्न सांसदहरूलाई अर्थमन्त्री पौडेलको चुनौती
‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधिसभामा प्रस्तुत
तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह
नयाँ बजेट निर्माण गर्न मन्त्रालयगत छलफल सुरु
विचाराधीन विधेयक छिटो टुंग्याउने काम होस् : अर्थमन्त्री पौडेल