काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन सोमबार सामान्य अंकले बढेको छ । आज नेप्से ७.७९ अंकले बढेर एक हजार ९ सय ८७ दशमलब ८७ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से ४०.४८ अंकले बढेर एक हजार ९ सय ८० दशमलब ०९ विन्दुमा बन्द भएको थियो ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार तीन अर्ब ४५ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका ८९ कम्पनीको शेयरमूल्य बढेको छ भने १२६ कम्पनीकोे शेयरमूल्य घटेको छ । आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अभियान लघुवित्त वित्तीय संस्था र कालिञ्चोक दर्शनको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, भूगोल इनर्जी डेभलपमेन्ट, सिटी होटल्स र चन्द्रागिरी हिल्सको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
आज प्रभु स्मार्ट फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढीे सोल्टी होटल्सको भएको छ । यस कम्पनीको आज १५ करोड २८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ जेठ २०८०, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगातार दोस्रो दिन पनि दोहोरो अङ्कले बढ्यो शेयर बजार
शेयर बजारमा लगानीबारे सचेतना कार्यक्रम
५६ अङ्कले बढ्यो शेयर बजार, ६ अर्बको कारोबार
शेयर बजारमा दोहोरो अंकको गिरावट
शेयर बजारमा उच्च अंकको वृद्धि