पाल्पा । पाल्पाको रानीमहलमा पर्यटक बोकेर घुम्न गएको गाडी दुर्घटना भएको छ । रानीमहलस्थित रानीमहल सडक खण्डमा भारतको गोरखपुरबाट रानीमहल पुगेको युपी ५५ वाइ ३३०१ नम्बरको कार बुधबार दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइते हुनेमा भारत उत्तर प्रदेश ढडेपुरका ६० वर्षीय कृष्ण नारायण तिवारी, चालक उत्तर प्रदेश ककरहवाका ५२ वर्षीय विरेन्द्र पाण्डेय र रुपन्देहीका ५० वर्षीय बुद्धिराम मुराउ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । घाइते मुुराउको भने अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कारमा ४ जना सवार रहेको र उनीहरु रानीमहल घुम्न आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए। कार सडकदेखि करिब १०० मिटर तल खसेको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ जेठ २०८०, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली तीर्थ यात्री सवार गाडी अयोध्यामा दुर्घटना, ३ जनाको मृत्यु
अर्घाखाँचीमा जन्ती बोकेको गाडी दुर्घटना, ९ जना घाइते
कुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना, ३ जनाको मृत्यु
महाकुम्भ मेलामा स्नान गर्न गइरहेका भक्तजन सवार गाडी दुर्घटना, १० जनाको मृत्यु, १९ जना घाइते
रौतहटमा स्कारपियो दुर्घटना, ८ जनाको मृत्यु
जाजरकोटमा गाडी दुर्घटना हुँदा २० जना घाइते