काठमाडौँ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख (उप-प्रमुख) सुनिता डंगोलले काठमाडौं महानगरपाकिलाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताएकी छन् ।
शनिवार काठमाडौंमा नेपाल मधुमेही समाज र काठमाडौं महानगरपालिकाको सहकार्यमाआयोजित मधुमेह नियन्त्रणार्थ काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् ।
नगरवासीलाई रोग लागेपछिको उपचार भन्दा पनि रोग लाग्न नै नदिने उपायहरुको बारेमा महानगरले काम गरिरहेको भन्दै उनले देश विकासका लागि जनप्रतिनिधिहरुको इच्छाशक्ति र शारीरिक स्वस्थता दुवै आवश्यक पर्ने बताइन् । उप-प्रमुख डंगोलले धेरैजना जनप्रतिनिधिहरु प्रेसर र मधुमेहको रोगी रहेको भन्दै यस कार्यक्रमले उनीहरुलाई पनि सहयोग पुग्ने बताइन् । उनले जनप्रतिनिधिहरुको जीवनशैलीसँग जोडेर यस किसिमका स्वास्थ्य केन्द्रित तालिमहरु दिनसके त्यसले धेरै फाइदा पुग्नेमा जोड दिइन् ।
‘धेरैजना प्रतिनिधिहरु प्रेसरको पेसेन्ट हुनुहुन्छ । धेरैजना प्रतिनिधि ज्युहरु औषधि खानुहुन्छ, डायबिटिजको औषधि खानुहुन्छ,’ उनले भनिन्, ‘त्यो लाइफस्टाइलसँग जोडेर यो तालिम दिनसके जब जनप्रतिनिधिहरु स्वस्थ हुनुहुन्छ, तब समाजमा अझ धेरै काम गर्न सकिन्छ । जनप्रतिनिधिको भुमिका र त्यो काम कारबाहीमा एकदमै एपिसिएन्ट रुपमा काम गर्न सकिन्छ । किनभने हामी सबैलाई थाहा छ, स्वास्थ्य रहे हामी सबै छौँ, स्वास्थ्य नरहे केही पनि छैन, जतिसुकै काम गर्छु भन्ने इच्छाशक्ति भएर मात्रै पनि पुग्दैन । त्यसैले पनि यो कार्यक्रम जनप्रतिनिधिका लागि नै गरिएको हो ।’
उक्त तालिम र अभिमुखीकरण कार्यक्रमबाट आफ्नो जीवनशैली सुधार्न पनि केही न केही कुरा सिक्न सकिने उनले बताइन् । भनिन्, ‘आफ्नो मात्रै नभइ आफ्नो वडावासीको जीवनशैली सुधार गर्न र घर घरको रोग मधुमेहलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा पनि यहाँहरुले वडामा जनचेतनामुलक काम गर्दा स्वास्थ्य र घरसँग जोडिएको कार्यक्रम वडामा लैजान सहज हुनेछ । त्यसैले पनि हामी रोग लाग्न नै नदिनेतर्फ जान सक्छौँ । रोग लाग्न नै नदिनु पहिलो हाम्रो प्राथमिकता हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० जेठ २०८०, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय सरकारले जनतालाई आफ्नोपनको आभाष गराउनुपर्छ : सुनिता डंगोल
सेवा र पूर्वाधारलाई लैंगिक उत्तरदायी बनाउन संस्थागत प्रबन्धमा काम सुरु गरिसकेका छौँ : उपप्रमुख डंगोल
नेपाली युवाहरु विश्व बजारमा प्रतिस्पर्धी रहेको महसुस गरे : सुनिता डंगोल
उपमेयर सुनिताले गरिन् बालेनको कार्यशैलीको आलोचना
मेलमिलापलाई पहिलो प्राथमिकता राखेर विवाद निरूपण गरिरहेका छौँ : सुनिता डंगोल
उपप्रमुख डंगोलसँग ल्हासा नगरका प्रतिनिधि मण्डलको भेट