काठमाडौं । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरूको सम्झनामा विहीबारदेखि शहीद सप्ताह सुरू भएको छ । काठमाडौं महानगरपालिकाको समन्वयमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म अमर शहीदलाई स्मरण गरी शहीद सप्ताह मनाउने गरिन्छ ।
शहीद सप्ताहको पहिलो दिन विहीबार शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको टेकुस्थित उहाँको सालिकमा माल्यार्पणका साथ श्रद्धाञ्जली अर्पण गरिएको छ । शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले शुक्रराज शास्त्रीले जनअधिकार प्राप्तिका लागि गरेको त्याग र नेपालको साहित्यिक क्षेत्रमा गरेको योगदानको स्मरण गरिन् ।
उनले भनिन्, ‘शहीद सप्ताह मनाइरहँदा उहाँहरूको योगदान र जीवनबाट सिक्नुपर्ने पाठलाई स्मरण गर्नुपर्छ । हरेक पुस्ताले इतिहासको कदर गर्नुपर्छ । जसरी हामी अहिले स्वतन्त्रताको महसुस गरिरहेका छौं त्यो उहाँहरूकै योगदानको देन हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० माघ २०८१, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय सरकारले जनतालाई आफ्नोपनको आभाष गराउनुपर्छ : सुनिता डंगोल
सेवा र पूर्वाधारलाई लैंगिक उत्तरदायी बनाउन संस्थागत प्रबन्धमा काम सुरु गरिसकेका छौँ : उपप्रमुख डंगोल
नेपाली युवाहरु विश्व बजारमा प्रतिस्पर्धी रहेको महसुस गरे : सुनिता डंगोल
उपमेयर सुनिताले गरिन् बालेनको कार्यशैलीको आलोचना
मेलमिलापलाई पहिलो प्राथमिकता राखेर विवाद निरूपण गरिरहेका छौँ : सुनिता डंगोल
उपप्रमुख डंगोलसँग ल्हासा नगरका प्रतिनिधि मण्डलको भेट