सुनसरी । धरान उपमहानगरपालिका-१३ बाट अवैध लागू औषध गाँजा करिब ३ सय किलोग्राम शुक्रबार राति प्रहरीले बरामद गरेको छ ।
अस्थायी प्रहरी चौकी अमर हाटबाट खटिएको प्रहरीले सुर्यमार्गको बाटो हुँदै कृषि बजार छिर्ने बाटोमा को.१ च ७३३५ नम्बरको स्कारपियो फेला पारी तलासी गर्दा पछाडिको सिटमा १० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०८२, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरहामा ट्रकसँग ठोक्किएको कारबाट १३० किलो गाँजा बरामद
सुनसरीबाट करीब ४८० केजी गाँजा बरामद
रौतहटमा करिब १६ किलो गाँजा बरामद