नयाँ दिल्ली। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको स्वागत’मा दिल्लीका सडकहरु सजाइएको छ । ‘प्रधानमन्त्री प्रचण्डलाई भारतमा स्वागत छ,’ लेखिएको फ्लेक्स सडकहरुमा सजाइएका हुन् ।प्रधानमन्त्रीको एकल र भारतीय समकक्षी मोदीसँगका छुट्टाछुट्टै तस्बिरहरु विमानस्थल, हैदराबाद हाउस, बाह्रखम्बा, अशोक रोडलगायतका प्रधानमन्त्रीको सवारीको रुटमा टाँगिएका छन् ।
प्रधानमन्त्री प्रचण्ड आज चार दिने भारत भ्रमणमा जाँदै छन् । भारतीय र नेपाली पक्षले आवश्यक तयारी पूरा भएको जनाएका छन्। आज अपराह्न प्रधानमन्त्री प्रचण्ड सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने प्रचण्ड स्थानीय समयअनुसार २ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तय भएको छ ।
प्रधानमन्त्री प्रचण्डको उच्चस्तरीय भेटवार्ता भने बिहीबारदेखि मात्रै सुरु हुनेछ । सो दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग भेटवार्ता हुने तय भएको छ । प्रधानमन्त्रीलाई हैदरावाद हाउसमा विशेष समारोहका बीच प्रधानमन्त्री मोदीले स्वागत गर्ने कार्यक्रम रहेको छ । यस्तै उनले भारतीय बुद्धिजीवी र दलका नेतासँग पनि भेटवार्ता गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ जेठ २०८०, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर प्रदेशमा यात्रुबाहक बस र दूध बोकेको ट्याङ्कर ठोक्किएः १८ जनाको गयो ज्यान
भारतमा परीक्षा सञ्चालन नियन्त्रणसम्बन्धी नयाँ कानून लागू
भारतमा १८औँ लोकसभाको पहिलो सत्र जुन २४ मा शुरू हुने
नयाँ दिल्ली पुगे प्रधानमन्त्री ‘प्रचण्ड’
सकियो एयर इन्डियाका कर्मचारीको हडताल
भारतका शीर्ष निर्वाचन अधिकारीले दिए राजीनामा