काठमाडौं। नयाँ दिल्ली– उडान तालिकामा दुई दिनको गम्भीर अवरोधपछि विमान सेवाका कर्मचारीको हडताल समाप्त भएको एयर इन्डियाले जनाएको छ ।
ऋणमा डुबेपछि उक्त एयरलाइन्सलाई निजीकरण गर्ने सरकारी प्रयासपछि सन् २०२२ मा भारतीय टाटा समूहले एयरलाइन्सको स्वामित्व आफूले लिएको थियो ।
मिडिया रिपोर्टका अनुसार टाटा समूहले कर्मचारीको भर्ती र पदोन्नति जस्ता विषयमा नयाँ नीतिहरू सार्वजनिक गरेसँगै कर्मचारीले त्यसको विरोध गरेका थिए ।
एयर इन्डिया एक्सप्रेसका दर्जनौँ केबिन क्रू कर्मचारीहरू मङ्गलबार रातिदेखि बिरामी परेको भन्दै काममा आएका थिएनन् । जसले गर्दा एयरलाइन्स कम्तीमा एक सय ७५ वटा उडानहरू ढिलाइ तथा रद्द गर्नु परेको थियो ।
बिहीबार जारी विज्ञप्तिमा एयरलाइन्सका प्रवक्ताले कर्मचारीसँगको बैठकपछि समय तालिकालाई जतिसक्दो चाँडो लयमा फर्काउन काम गरिरहेको जनाइएको छ ।
विज्ञप्तिमा अनपेक्षित अवरोधहरूबाट सेवाग्राहीमा पुगेको असुविधाप्रति क्षमा मागिएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार एयरलाइन्सले बर्खास्त गरेका कम्तीमा २० जना हडताल गर्ने कर्मचारीलाई पुनः काममा फर्काइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ बैशाख २०८१, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर प्रदेशमा यात्रुबाहक बस र दूध बोकेको ट्याङ्कर ठोक्किएः १८ जनाको गयो ज्यान
भारतमा परीक्षा सञ्चालन नियन्त्रणसम्बन्धी नयाँ कानून लागू
भारतमा १८औँ लोकसभाको पहिलो सत्र जुन २४ मा शुरू हुने
नयाँ दिल्ली पुगे प्रधानमन्त्री ‘प्रचण्ड’
भारतका शीर्ष निर्वाचन अधिकारीले दिए राजीनामा