नयाँ दिल्ली पुगे प्रधानमन्त्री ‘प्रचण्ड’

सफल खबर संवाददाता

आइतबार, २७ जेठ २०८१, १६ : २१
नयाँ दिल्ली पुगे प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन भारत गएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको प्रतिनिधिमण्डल नयाँ दिल्ली पुगेको छ । 

प्रधानमन्त्री ‘प्रचण्ड’लाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका अधिकारीले स्वागत गरे । प्रधानमन्त्री दाहालका साथमा स्वकीय सचिव गंगा दाहाल, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी छन् ।

प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ । भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस