भारतमा १८औँ लोकसभाको पहिलो सत्र जुन २४ मा शुरू हुने

सफल खबर संवाददाता

बुधबार, ३० जेठ २०८१, १५ : ५४
भारतमा १८औँ लोकसभाको पहिलो सत्र जुन २४ मा शुरू हुने

काठमाडौँ। नयाँ दिल्लीनवनिर्वाचित सदस्यहरूको शपथ र पुष्टिका लागि भारतको १८ औँ लोकसभाको पहिलो सत्र जुन २४ देखि शुरू हुने र जुलाई ३ मा समापन हुने केन्द्रीय संसदीय मामिला मन्त्री किरेन रिजिजुले बुधवार बताए ।

राज्यसभाको २६४ औँ सत्र पनि जुन २७ देखि शुरू भएर जुलाई–३ मा समापन हुने उनले जानकारी दिए ।नवनिर्वाचित सदस्यहरूको शपथ र पुष्टि, अध्यक्षको निर्वाचन, राष्ट्रपतिको सम्बोधन र त्यसमाथि छलफलका लागि १८औँ लोकसभाको पहिलो सत्र सन् २०२४ जुन २४ देखि जुलाई ३ सम्मका लागि बोलाइएको छ ।

 

राज्यसभाको २६४औँ सत्र २०२४ जुन २७ मा शुरू भएर जुलाई ३ मा समापन हुने मन्त्री रिजिजुले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।लोकसभा र राज्यसभाको संयुक्त बैठकलाई राष्ट्रपति द्रौपदी मुर्मूले जुन २७ मा सम्बोधन गर्नेछिन् ।