काठमाडौं । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले टिकापुर लगायतमा भएको तराइ मधेशको आन्दोलनको छानविन गर्न पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठन भएको लाल आयोगको प्रतिबेदन सार्वजनिक गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै उनले २०७६ असोज ३० गते तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले लाल आयोगको प्रतिबेदन सार्वजनिक गर्न दिएको आदेश स्मरण गराउँदै तत्कालिन सरकारले मुख्यसचिव शंकरदास वैरागीमार्फत लाल आयोगको प्रतिबेदन सार्वजनिक नगर्न माग गर्दै दायर रिटप्रति असन्तुष्टिसमेत व्यक्त गरे ।
उनले २०७८ चैत २० मा सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले लाल आयोगको प्रतिबेदन सार्वजनिक नगर्न अन्तरिम आदेश जारी गर्दा कयौं निर्दोषहरु आजपनि विभिन्न मुद्दामा जेलनेल गभोग्न बाध्य भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ जेठ २०८०, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दै
जनताको मायाले नै कांग्रेस सबैभन्दा लोकप्रिय बन्यो: देउवा
भोलिको बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई काँग्रेसको निर्देशन
सरकारमा हुँदा गरेका कामलाई पुस्तकमा उतार्दै काँग्रेस
चुनावमा बहुमत ल्याउने परिस्थिति छैन, बढी सिट जित्ने तयारीमा लागौं : देउवा
देशभरका कांग्रेस क्षेत्रीय सभापतिको प्रशिक्षण भैरहवामा सुरु हुँदै