काठमाडौँ । ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रतिपक्षी सांसदहरूले दर्ता गरेका विरोधका सूचना प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएका छन् ।
विधेयकमा प्रभु साह, मेटमणि चौधरी, प्रेम सुवाल, छिरिङ ल्हामु लामा (तामाङ), माधव सापकोटा र चित्रबहादुर केसीले विरोधको सूचना दिएका थिए । ती सूचना बहुमतले अस्वीकृत भएका थिए ।विधेयक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने कार्यसूची छ ।
सरकारले ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१ जारी गरेको थियो । त्यही अध्यादेशलाई प्रतिस्थापन गर्न आज अर्थमन्त्री पौडेलले ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ विधेयक ल्याउने लागेका हुन् । विरोधका सूचना राख्दै सांसदहरूले राखेका धारणामाथि अर्थमन्त्री पौडेलले जवाफ दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ फागुन २०८१, १५ : १७
लेखकबाट थप