सुर्खेत । सुर्खेतमा फोर्स गाडी दुर्घटना भएको छ । पश्चिम सुर्खेतको विद्यापुरदेखि वीरेन्द्रनगरतर्फ आउँदै गरेको भे१अ २५८० नम्बरको गाडी बराहताल गाउँपालिकाको बड्डीचौरस्थित सोतखोला पुलमा बिहीबार दुर्घटना भएको हो ।
प्रहरी चौकी बड्डीचौरका अनुसार गाडीको ब्रेक फेल भएर पुलमा ठोक्किएको थियो । प्रहरीका अनुसार गाडीमा सामान्य क्षति भएको छ भने एक जना यात्रु घाइते भएका छन् ।यस्तै हुम्लाको अदानचुली गाउँपालिकाका एम्बुलेन्स चालक कर्णाली नदीमा बेपत्ता भएका छन् । बिहीबार कर्णाली नदीमा माछा मार्न गएका एम्बुलेन्स चालक छक्क बुढा कर्णाली नदीमा बेपत्ता भएको प्रहरीले जनाएको हो ।
हुम्ला प्रहरीका अनुसार उनी माछा मार्ने क्रममा चिप्लएर नदीमा बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ जेठ २०८०, १८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली तीर्थ यात्री सवार गाडी अयोध्यामा दुर्घटना, ३ जनाको मृत्यु
अर्घाखाँचीमा जन्ती बोकेको गाडी दुर्घटना, ९ जना घाइते
कुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना, ३ जनाको मृत्यु
महाकुम्भ मेलामा स्नान गर्न गइरहेका भक्तजन सवार गाडी दुर्घटना, १० जनाको मृत्यु, १९ जना घाइते
रौतहटमा स्कारपियो दुर्घटना, ८ जनाको मृत्यु
जाजरकोटमा गाडी दुर्घटना हुँदा २० जना घाइते