ढाका। म्यान्मारमा मोखा नामक आँधिवेहोरी कारण ६ जनाको मृत्यु भएको छ । सो आँधिबेहोरीमा परी झन्डै २० हजार मानिसले शिविरहरुमा आश्रय लिईरहेका छन् । यसैबिच, म्यानमारको पश्चिमी तटमा ३.६ मिटर गहिरो समुद्री पानीमा फसेका करिब १ हजार मानिसहरूलाई उद्धारकर्ताहरूले निकालेका छन् ।म्यान्मारमा आएको एक शक्तिशाली चक्रवातले सयौं घाइते भएका छन भने सो क्षेत्र आसपासको सञ्चार सेवा अवरुद्ध भए पछि कति जनाको मृत्यु भएको तथा घाइते भएको अझै खुल्न सकेको छैन।
उता, सिट्वेमा रहेको राखाइन युवा परोपकारी संघका अगुवाका अनुसार सिट्वे टाउनशिपको उच्च भूभागमा रहेका मठ, प्यागोडा र विद्यालयजस्ता मजबुत भवनहरूमा आश्रय लिइरहेका करिब २० हजार मानिसहरू मध्ये ७ सय जना भन्दा बढी मानिसलाई शक्तिशाली हावाले घाइते बनाएको छ। ‘हिजो साँझ ४ बजेपछि हावाहुरी अलिकति कमजोर भए पनि पानी कम भएन । धेरैजसो रातभर आफ्नो घरको छत र अग्लो ठाउँमा बसे। रातभर हावा चल्यो,’ उनले एपीसँग भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ जेठ २०८०, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजारभन्दा बढी पुग्यो
म्यान्मारमा सैनिकको हवाई आक्रमणबाट ११ सर्वसाधारणको मृत्यु
म्यान्मारको सेनाले भन्यो– जुन्टा प्रमुखलाई हिरासतमा लिइएको भन्ने प्रचार अफवाह मात्रै