काठमाडौं। याङ्गुन–शीर्ष जनरलले जुन्टा प्रमुखलाई हिरासतमा लिएको प्रचार अफवाह मात्र भएको म्यानमारको सेनाले जनाएको छ । उक्त हल्ला सरकारविरोधी समूहद्वारा फैलाइएको प्रचार मात्र भएको सेनाले बुधबार दाबी गरेको हो । चिनियाँ विदेशमन्त्रीको भ्रमणअघि यस्तो हल्ला फैलाइएको सेनाले स्पष्ट पारेको छ ।
जुन्टा प्रमुख मिन आङ ह्लाइङले पछिल्लो समय सैन्य समर्थकबाट सार्वजनिक आलोचनाको सामना गर्नुपरेको छ । हाल यस क्षेत्रमा सरकारी सेना, जातीय अल्पसङ्ख्यक सशस्त्र समूह र अन्य विपक्षीबीच आपसी द्वन्द्व चलिरहेको छ ।
मङ्गलबार सामाजिक सञ्जालका धेरै पोस्टमा शीर्ष जनरलले जुन्टाको शीर्ष नेतृत्व परिवर्तन गर्ने प्रयासमा राजधानी न्यापितमा सेनाप्रति बफादार सरकार प्रमुख मिनलाई हिरासतमा लिएको दाबी गरिएको थियो ।
उक्त दाबी देशको ‘शान्ति र स्थिरता’मा खलल पार्ने उद्देश्यले गरिएको प्रचार मात्र भएको सरकारले विज्ञप्तिमार्फत जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ्ग बुधबार म्यान्मारमा मिन आङ ह्लाइङसँग वार्ताका लागि आइपुग्ने कार्यक्रम छ ।
भ्रमणको उद्देश्य विभिन्न क्षेत्रमा द्विपक्षीय पारस्परिक फाइदाजनक सहयोगलाई दृढ बनाउनु रहेको जनाइएको छ । चीन जुन्टाको प्रमुख सहयोगी हो ।पछिल्लो समयमा जातीय सशस्त्र समूहहरूको गठबन्धनले चीनको युन्नान प्रान्तको सीमानामा रहेको उत्तरी शान राज्यको क्षेत्र जुन्टाबाट कब्जा गरेको छ ।
कब्जा गरिएको क्षेत्रमा शान राज्यको लासियो शहरमा सेनाको उत्तरपूर्वी कमान्ड समावेश छ । जहाँ करिब एक लाख ५० हजार मानिस बसोबास गर्छन् ।गठबन्धनले ‘विदेशी’ स्रोतबाट ड्रोन र छोटो दूरीका मिसाइललगायत हतियारहरू प्राप्त गरिरहेको मिनले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यान्मारमा सैनिकको हवाई आक्रमणबाट ११ सर्वसाधारणको मृत्यु