एजेन्सी । म्यान्मारको उत्तरी शान राज्यमा भएको सैन्य हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु र ११ जना घाइते भएको जुन्तासँग लडिरहेको जातीय सशस्त्र समूहका प्रवक्ताले शुक्रवार बताएका छन् ।
‘सेनाले शुक्रवार स्थानीय समयानुसार करिब राति १ बजे नम्हकम शहरका दुईवटा क्षेत्रमा बमबारी गर्यो,’ ता’आङ नेसनल लिबरेसन आर्मी (टीएनएलए)का ल्वे याय ऊले भने ।
उनका अनुसार आक्रमणमा ११ जनाको मृत्यु र अन्य ११ जना घाइते भए । आक्रमणमा स्थानीय राजनीतिक दलको एउटा कार्यालय क्षतिग्रस्त भएको छ ।
नम्हकम चीनको युनान प्रान्तको सीमाबाट करिब पाँच किलोमिटर टाढा छ । गत वर्ष धेरै साताको लडाइँपछि टीएनएलएका लडाकूहरूले उक्त शहरलाई नियन्त्रणमा लिएको दाबी गरेको थियो ।
सामाजिक सञ्जालमा राखिएका तस्वीरहरूमा मानिसहरूले भग्नावशेषबाट घाइते एक युवकलाई बोकेर लैजाँदै गरेको देखाइएको थियो ।
एउटा भिडियोमा धेरै भवन क्षतिग्रस्त भएको देखाइएको छ । एएफपी संवाददाताहरूले उक्त भिडियो नम्हकम साइटमा जियोलोकेसन गर्दै उक्त लोकेसेन कहिल्यै अनलाइन देखानपरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २१ भदौ २०८१, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यान्मारको सेनाले भन्यो– जुन्टा प्रमुखलाई हिरासतमा लिइएको भन्ने प्रचार अफवाह मात्रै