काठमाडौं। म्याग्दीमा ४.७५ मेगावाटको स्यानो खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ। कर्णाली जलश्रोत लिमिटेडले म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने स्यानो खोलामा निर्माण प्रस्ताव गरिएको छ ।आयोजना सम्भाव्यता अध्ययन र प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको छ ।
विद्युत विकास विभागले सार्वजनिक सूचना जारी गर्दै सरोकारवाला निकायहरुलाइ ३५ दिनभित्र लिखित रायरसुझाव पेस गर्न आग्रह गरेको छ । यो नदी प्रवाहमा आधारित (क्यासकेड) आयोजना हो । यसको डिजाइन बहाव २.३५ घनमिटर प्रतिसेकेण्ड र कुल हेड २४५.९५ मिटर रहनेछ । आयोजनाको वार्षिक सरदर २८.२० गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ ।
आयोजनाको मुख्य संरचनाहरु स्याने खोलाको दायाँ किनारमा पर्दछन् । विद्युत उत्पादनका लागि स्याने खोला जलविद्युत आयोजनामा दुई वटा (२.५१० मेगावाट) को होरिजेन्टल अक्सीस पेल्टोन टरबाइनमा प्रयोग हुनेछ । ३१८६.० मिटर हेडरेस पाइप हुनेछ ।
उत्पादित विद्युतलाई २० किलोमिटर ३३ केभी प्रसारणलाइनमार्फत नेपाल विद्युत प्राधिकरणको दाना सबस्टेसनमा जोडिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ जेठ २०८०, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्थिक मन्दीको असर : म्याग्दीमा बढ्यो उद्योग व्यवसाय बन्द हुने दर
म्याग्दीका दुग्ध कृषक अनुदानबाट वञ्चित
पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्ध
पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्ध, झरीले पहिरो पन्छाउन समस्या
म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलुखेती
म्याग्दीमा उन्मूलन भयो औलो