मोदी इनर्जीको आईपिओ बाँडफाँड

सफल खबर संवाददाता

आइतबार, ३१ बैशाख २०८०, १२ : २७
मोदी इनर्जीको आईपिओ बाँडफाँड

काठमाडौं । मोदी इनर्जी लिमिटेडको आईपिओ बाँडफाँड भएको छ ।कम्पनीले वैशाख १९ देखि वैशाख २४ गतेसम्म सर्वसाधारणलाई आईपिओ निष्कासन गरेको थियो ।आईपिओ आज आइतबार बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।कम्पनीको आईपिओ रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धको वेबसाइट, सिडिएसको मेरो शेयरको वेबसाइट रसिडिएसले आईपिओ रिजल्ट हेर्न संचालन गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

कम्पनीको आईपिओमा १ करोड ३५ लाख ४ हजार ३० कित्ताका लागि १२ लाख ३६ हजार २६९ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ६ हजार ५२८ आवेदकको आवेदन रद्द भएको छ । बाँकी १२ लाख २९ हजार ७४१ आवेदकको आवेदन कायम भएको थियो । यी मध्ये ५ लाख ६१ हजार २२६ आवेदकले दश दश कित्ताका दरले सेयर पाएका छन् ।कम्पनीले यसअघि १ लाख २८ हजार ९१० कित्ता कम्पनीका कर्मचारीका लागि र सामूहिक लगानी कोष योजनाहरुलाई ३ लाख २२ हजार २८० कित्ता सुरक्षित गरि ५९ लाख ५९ हजार ४ सय २० कित्ता सेयर निष्कासन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस