माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

सफल खबर संवाददाता

मंगलबार, १९ बैशाख २०८०, २१ : ५९
माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

काठमाडौं। सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बोलाइएको छ ।

बिहीबार दिउँसो ५ बजे बस्ने गरी बोलाइएको बैठकमा सरकार विस्तार, सरकारको नीति तथा कार्यक्रम निर्माणलगायतका विषयमा छलफल हुने एजेण्डा रहेको  एक पदाधिकारीले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि सरकारी भेघाट तथा बैठक बालुवाटार र सिंहदबारबाट गर्दै आएका थिए । पार्टीका बैठक भने पेरिसडाँडास्थित पार्टी कार्यालयमै बोलाइन्थ्यो।

बालुवाटारमै बस्नेगरी बोलाइएको यो पहिलो बैठक हो। पदाधिकारी बैठक बालुवाटारमै बोलाउनुपर्नाको कारणबारे भने माओवादी नेताहरुले अनविज्ञता जनाएका छन्।