चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई हरियाली बगैँचाको रुपमा विकास गर्न लागिएको बताएकी छन । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा निर्माण भएको पार्कको उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरको निर्माण चरण सकिएपछि हरियाली प्रर्वद्धन केन्द्रित हुने उल्लेख गरिन् ।
प्रमुख दाहालले भरतपुर चारैतिर जंगल, दुई ठूला नदी र प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएपनि थप बस्तीम हरियाली प्रर्वद्धन गरी सुन्दर बगैँचाको रुपमा विकास गर्न खोजिएको जानकारी दिइन् ।
भरतपुरलाई बगैँचाको रुपमा विकास गर्न सबैभन्दा पहिले महानगरपालिका परिसरमा उदाहरणीय पार्क निर्माण गर्न लागेको जानकारी दिइन्। प्रमुख दाहालले भरतपुरको सरकारी कार्यालयबाट हरियाली प्रर्वद्धनको सेन्देश प्रवाह गर्न सबै कार्यालयमा यस्ता पार्क निर्माण गर्न जरुरी रहेको धारणा राखिन्।
भरतपुरका सबै सडकको दायाँबाँया हरियाली प्रर्वद्धन हुँदा भरपतुर सुन्दर बगैँचाको रुपमा स्थापित हुने र यसलाई पर्यटनसँग जोड्न सकिने उनको भनाई थियो । भरतपुरका मूख्य दुई घोल केरुडगा र पुंगीलाई संरक्षण गरी हरियाली सौन्दर्यकरण गर्ने काम भईरहेकाले पनि भरतपुर हेर्न लायक सहरका रुपमा विकास भईरहेको प्रमुख दाहालले बताइन् ।
वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा कृषि विकास बैँक रु १५ लाख र क्यान्सर सेवा समाजको साढे ३ लाखमा पार्क निर्माण गरिएको हो । करिब २ विगा क्षेत्रफलमा निर्माण गरिएको पार्कले क्यान्सर अस्पतालमा उपचारमा आउने विरामीलाई घुमघाम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।रोग निको हुन शारीरिक र मानसिक रुपमा तन्दरुस्त हुनुपर्ने भएकाले विरामीमैत्री अस्पतालको लागि पार्क निर्माण गरिएको अस्पतालका कार्यकारी निर्देशक देजकुमार गौतमले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ बैशाख २०८०, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खराब मौसमका कारण भरतपुरसहित तीन विमानस्थलमा हुन सकेन उडान
भरतपुरको मुख्यबजार क्षेत्रको छ लेन सडक निर्माण अन्तिम चरणमा
प्रतिकूल मौसमका कारण भरतपुर र पोखराका उडान प्रभावित
नाली व्यवस्थापनसँगै भरतपुरमा डुबान समस्या हट्दै
भरतपुरको नीति तथा कार्यक्रम : मुख्य सहरी क्षेत्रमा कालोपत्रे निर्माणसँगै ढल निर्माण गरिने
भरतपुरमा प्राथमिक उपचार सम्बन्धी तालिम सुरु