काठमाडौं । नेपाल सरकारले सोमबार ट्रेजरी बिल मार्फत २० अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार कुल २८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको छ ।
जसमध्ये राष्ट्र ऋण बोलकबोल तालिका अनुसार २० अर्ब नयाँ ऋण परिचालन हुने र ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
सोमबार २८ दिन र ९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ५/५ अर्ब गरी १० अर्ब, १८२ दिन अवधिको ट्रेजरी बिल मार्फत ६ अर्ब र ३६४ दिन अवधिको ट्रेजरी बिल मार्फत ४ अर्ब गरी २० अर्ब आन्तरीक ऋण परिचालन गर्न लागिएको हो।
यस्तै २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल र ९१ दिन अवधिको ट्रेजरी बिल मार्फत ३ अर्ब ६० करोडको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुन लागेको हो ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्ष भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ बैशाख २०८०, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकद्वारा १९ बुँदे निर्देशन जारी
४० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै राष्ट्र बैंक
अर्थ सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको शपथ
मुद्दती निक्षेपमा २५ करोड लगानी गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकको गर्यो तीन बैंकलाई कारबाही
बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक