बारा । प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भएको बारा २ को मतगणना साढे १२ बजेदेखि थालिने भएको छ । हालै सम्पन्न सर्वदलीय बैठकमा मतगणनाको समय ११ बजेबाट गनिने टुंगो लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।
तर सबैदलका प्रतिनिधि आईनसेकोका कारण अझै केही समय लाग्ने बताईएको छ । बाराको कलैयास्थित शिक्षा तालिम केन्द्रमा कडा सुरक्षाबीच मतगणनाको व्यवस्थापन मिलाएको छ भने मतगणना स्थलमा तारजाली तथा सिसि क्यामेरासमेत जडान भएको प्रजिअ सापकोटाले बताए ।
बारा २ मा ६५ प्रतिशत मत खसेको थियो । त्यहाँबाट ३४ उम्मेदवार चुनावी मैदानमा रहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल पनि मैदानमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ बैशाख २०८०, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारामा बरामद शव प्रहरी भान्सेको भएको खुलासा
बाराको उनासी पुलमा बस पल्टियो, ४३ यात्रु घाईते
बाराको पसाहा पुल नजिकै बस दुर्घटना, १३ जना घाइते
बारामा क्याम्पस प्रमुखको हत्या
बारा र पर्साका सीमा नाका आजदेखि ४८ घण्टासम्म बन्द
निजगढ वर्कसपमा विस्फोट : मृत्यु हुनेको संख्या ३ पुग्यो