काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्तिपूर्ण एवं भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् ।
उनले एक विज्ञप्ति जारी गर्दै मतदानमा भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्तिपूर्ण एवं भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् । उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको उल्लेख गरेका छन् ।
उपनिर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्ने विश्वास देउवाको छ ।
‘निर्वाचनमा अत्यन्त उत्साह, संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकोमा तनहुँ—१, चितवन—२ र बारा—२ का सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछु’, देउवाले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० बैशाख २०८०, १९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली, देउवा र प्रचण्ड एकैठाउँमा
देउवा, ओली र प्रचण्डबिच छलफलको तयारी
देउवाले बोलाए पदाधिकारी बैठक
जनताको मायाले नै कांग्रेस सबैभन्दा लोकप्रिय बन्यो: देउवा
चुनावमा बहुमत ल्याउने परिस्थिति छैन, बढी सिट जित्ने तयारीमा लागौं : देउवा
देउवा-ओली ट्युनिङ थप सशक्त