धनगढी । बाघको आक्रमणमा बेपत्ता भएकी बेलौरी नगरपालिका–८ पचुइकी गङ्गा चन्दको शव फेला परेको छ ।झन्डै २२ घण्टापछि शनिबार चन्दको फेला परेको सब–डिभिजन वन कार्यालय कुन्डाका प्रमुख दिनेश यादवले जानकारी दिए । बाघ फेला परेको स्थान नजिकैको दलदलमा महिलाको शव फेला परेको हो । शुक्रबार दिउँसो घाँस काट्न गएकी चन्दमाथि बाघले आक्रमण गरेको थियो । बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले शनिबार बाघलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ बैशाख २०८०, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’
बाँकेमा पाटे बाघ मृत भेटियो
बाघको आक्रमणबाट बाँकेमा वृद्धाको मृत्यु
मनहरीमा बाघले मार्यो ७ वटा बाख्रा
मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
पासो थाप्ने सिकारी नै बने बाघको सिकार