काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले सिंहदरबारभित्रको फोहोर नउठाएपछि काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
काठमाडौं महानगरले सिंहदरबारभित्रको फोहोर नउठाएपछि आइतबार अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिट दायर गरेका हुन् ।दर्ता भएको रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुँदैछ । रिटमा जनस्वास्थ्यमा गम्भीर असर परेको अधिवक्ता श्रेष्ठले भनेका छन् ।
काठमाडौं महानगरका मेयर बालेनले सिंहदरबारको असहयोगपछि सिंहदरबारको कुनै पनि फोहोर नउठाउने भन्दै फेसबुकमा स्टाटस पोष्ट गरेका थिए । गएको ८ दिनदेखि सिंहदरबारभित्रको फोहोर व्यवस्थापन हुने सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ बैशाख २०८०, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरले आजदेखि खाद्य गुणस्तर परीक्षण गर्ने
काठमाडौँ महानगरले कवाड संकलन केन्द्रमा चलायो डोजर
बालेनका स्वकीय सचिव र महानगर प्रहरी प्रमुख पाण्डेलाई कारवाही गर्न माग
एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र
काठमाडौं महानगरले आवासीय क्षेत्रका कवाडी व्यवसाय दर्ता/नवीकरण नगर्ने
काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने